logo-img

विश्व टेस्ट च्याम्पियनसिप फाइनलको लागि भारतको टोली घोषणा

आइसिसी विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) फाइनलको लागि भारतको टोली घोषणा गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मंगलबार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीका पूर्वकप्तान तथा ब्याटर अजिंक्य रहाणेले पुनरागमन गरेका छन् । जारी सिजनको आइपिएलमा उत्कृष्ट प्रदर्शन गरेपछि रहाणेले राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । 

चेन्नई सुपर किंग्सबाट आइपिएल खेलिरहेका उनले ५ खेलमा १९९.०५ को स्ट्राइक रेटमा २०९ रन बनाएका छन् । त्यसक्रममा रहाणेले २ आक्रामक अर्धशतकीय इनिङ खेलेका छन् । खराब प्रदर्शनका कारण उनी १४ जनवरी २०२२ देखि टोली बाहिर थिए ।  

टेस्ट च्याम्पियनसिपको उपाधिका लागि फाइनलमा भारतले अस्ट्रेलियाको सामना गर्ने तालिका छ । भारत र अस्ट्रेलियाबीचको उपाधि भिडन्त ७ जुनदेखि लन्डनस्थित केनिङ्गटन ओभलमा सुरु हुनेछ । 

भारतको टोली : रोहित शर्मा (कप्तान), शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, अजिंक्य रहाणे, केएल राहुल, केएस भरत (विकेटकिपर), रविचन्द्रन आश्विन, रवीन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद सिराज, उमेश यादव र जयदेव उनादकट ।





  • प्रकाशित मिति : वैशाख १२, २०८० मंगलबार ११:४५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया