logo-img

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनका लागि आह्वान गरेको छ। कार्यालयले मंगलबार एक सूचना जारी गर्दै सरकार गठनका लागि दलहरुलाई आह्वान गरेको हो। 

लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले सोमबार विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । 

गिरीले दोस्रोपटक विश्वासको मत माग्दा उनको पक्षमा ३३ मत परेको थियो भने विपक्षमा ५३ मत परेको थियो। 

प्रदेश सभाले दुई वा दुईभन्दा बढी दलहरुलाई बहुमतसहित बिहीबार दिउँसो ४ बजेसम्म दाबी पेस गर्न अनुरोध गरेको छ। 





  • प्रकाशित मिति : वैशाख १२, २०८० मंगलबार २१:२६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया