चलचित्र ऐन निर्माणका लागि सरकारसँग पहल जारी छः अध्यक्ष केसी
फाइल तस्बिर

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र ऐन निर्माणका लागि सरकारसँग आवश्यक पहल भइरहेको बताएका छन् । बुधबार चलचित्र पत्रकार संघ नेपालको आयोजनामा भएको राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले चलचित्र ऐन निर्माणका लागि सम्बन्धित मन्त्रालयमा ड्राफ्ट बुझाइसकेको र मन्त्रालयले पनि ऐन निर्माणको लागि छिटो काम थाल्ने प्रतिवद्धता जनाए । हामीले चलचित्र निर्माणका लागि विकास बोर्डले आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताए ।

उनले भने, ‘चलचित्र विकास बोर्डले कहाँ सहयोग गर्नुपर्ने हुन्छ चलचित्र विकासका लागि त्यो सहयोग गर्न हामी तयार छौँ । चलचित्र ऐन बनाएर हामीले मन्त्रालयमा बुझाइसकेका छौँ, मन्त्रालय र मन्त्रीज्युले यसलाई सक्दो चाँडै कार्यान्वयनमा लैजाने आश्वासन दिनुभएको छ ।’

अध्यक्ष केसीले सरकार, सम्बन्धित निकाय र कलाकार तथा सञ्चारमाध्यम सबै मिलेर चलचित्र विकासमा सहयोग गर्नुपर्ने बताए । 





  • प्रकाशित मिति : वैशाख १३, २०८० बुधबार १६:३८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया