logo-img

मुलुकलाई आर्थिक र राजनीतिक अराजकताबाट बाहिर निकाल्न जरुरी छ : कोइराला

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनीतिक अराजकताबाट बाहिर निकाल्न जरुरी रहेको बताएका छन् । 

विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले अहिले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अराजकता बढ्दै गएको बताए । ‘यी सबै अराजकताबाट बाहिर निकाल्न सके मात्रै मुलुक सही बाटोबाट अगाडि बढ्नेछ,’ नेता कोइरालाले भने, ‘आर्थिक रुपमासमेत मुलुक अत्यन्तै कठिन अवस्थामा पुगेको छ ।’

नेता कोइरालाले हरेक क्षेत्रमा अराजकता बढ्दै गए मुलुक असफल राष्ट्र हुन सक्ने चेतावनीसमेत दिए ।  उनले ज्येष्ठ नागरिकले समाजको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत चर्चा गरे । ज्येष्ठ नागरिकको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने उनको भनाइ थियो । 

त्यस्तै, कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री केदार कार्कीले पुस्तान्तरण भए मात्रै ज्येष्ठ नागरिकका ज्ञान, अनुभव र सीप नयाँ पुस्ताले ग्रहण गर्ने बताए । उनले पुस्तान्तरण हुनु जरुरी रहेको सुनाए । अघिल्लो पुस्ताले प्राप्त गरेका ज्ञान र अनुभव युवापुस्ताले ग्रहण नगर्ने गरेको उनको भनाइ थियो । 

विराटनगर महानगरपालिकाका पूर्वमेयरसमेत रहेका प्रदेशसभा सदस्य भीम पराजुलीले अहिले ज्येष्ठ नागरिकहरुले सन्तान र आफन्तबाटै अपहेलित हुनु परेको गुनासो पोखे । उनले घरपरिवारबाट अपहेलित भएका ज्येष्ठ नागरिकहरुलाई ज्येष्ठ नागरिक सेवा केन्द्रमार्फत सेवा दिनुपर्नेमा जोड दिए । 
 





  • प्रकाशित मिति : वैशाख १३, २०८० बुधबार १७:५१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया