logo-img

ठूलो दलको हैसियतले लुम्बिनीको मुख्यमन्त्री आफूले पाउनुपर्ने एमालेको दाबी, प्रदेश प्रमुखको आह्वानप्रति आपत्ति (विज्ञप्ति)

नेकपा एमाले लुम्बिनी प्रदेशले प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतले लुम्बिनीको मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरेको छ । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले गरेको आह्वानप्रति आपत्ति जनाउँदै एमलेले यस्ते दाबी गरेको हो । 

लुम्बिनी प्रदेशका एमाले प्रमुख सचेतक तुलसी चौधरीले बुधबार विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले संसदमा विश्वासको मत नपाएपछि सोही धाराअनुसार पुनः सरकार गठनका लागि आह्वान गर्नु गलत भएको उल्लेख गरेका छन् । 

संविधान र कानुनले दिएको अधिकारविपरीत सरकार गठन गरिनु भविष्यका लागिसमेत गलत नजिर हुने एमालेको ठहर छ ।  





  • प्रकाशित मिति : वैशाख १३, २०८० बुधबार २२:३७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया