logo-img

३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज

सरकारले ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाबाट अनुमति पाए पनि नवीकरण नगरेका ३३ कम्पनीको इजाजतपत्र खारेज गरिएको हो ।

यसअघि मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीलाई आग्रह गरेको थियो । सो अवधिभित्र पनि नवीकरण नगरेकाले इजाजतपत्र खारेज गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 





  • प्रकाशित मिति : वैशाख १४, २०८० बिहीबार १०:१८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया