logo-img

‘ए’ डिभिजन लिग : एनआरटीले थ्री स्टार तथा हिमालयनले आर्मीसँग खेल्दै
तस्बिर : एन्फा

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । बुधबार हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र थ्री स्टारले प्रतिस्पर्धा गर्नेछन् । 

यी दुई टोलीबीचको खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ । चौथो जितको खोजीमा रहेको एनआरटी १२ खेलमा १३ अंक जोडेर ११ औँ स्थानमा रहेको छ ।

थ्री स्टार सातौँ जित निकाल्ने योजनामा छ । ऊ १२ खेलबाट २२ अंक जोड्र्द तालिकाको दोस्रो स्थानमा छ ।  
 
आजै हुने दोस्रो खेलमा हिमालयन शेर्पाले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । यी दुई टोलीबीचको प्रतिस्पर्धा साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

चौथो जित निकाल्ने योजानमा रहेको हिमालयनले १२ खेलमा १३ अंक जोडेको छ ।

ऊ १३ तालिकाको औँ स्थानमा छ । ​चौथो स्थानमा रहेको आर्मी छैटौँ जितको खोजीमा छ । उसले आर्मी १२ खेलबाट १९ अंक जोडेको छ । 





  • प्रकाशित मिति : वैशाख १५, २०८० शुक्रबार ९:२२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया