प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बारले आइतबारबाट दबाबमूलक कार्यक्रम गर्ने

नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब गर्न माग गरेको छ । एसोसिएसनका महासचिव अन्जिता खनालले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित सबै अदालतका न्यायाधीश नियुक्त गर्न माग गरेकी हुन् । 

‘सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति समयमा हुन नसक्दा समग्र न्यायपालिका नेतृत्वविहीन हुन पुगी न्यायपालिकाप्रति जनआस्था खस्किँदो अवस्थामा छ,’ विज्ञप्तिमा भनिएको छ, ‘देशभरिका अदालतमा रिक्त न्यायाधीशको पदपूर्ति हुन नसक्दा सेवाग्राहीले संविधानद्वारा प्रत्याभूत स्वच्छ न्याय पाउने हकबाट वञ्चित हुनुपरेको छ ।’

अहिले सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छन् । एसोसिएसनले प्रधानन्यायाधीश नियुक्ति, न्यायपालिकाको विकृति, विसंगतिको अन्त्य, पूर्ण स्वचालित पेसी व्यवस्थापन प्रणालीद्वारा तोक्ने प्रक्रियाको थालनी गर्न समेत माग गर्दै भोलि वैशाख १७ गतेबाट दबाबमूलक कार्यक्रम सञ्चालन गर्न थालिएको महासचिव खनालले जानकारी दिइन् । 

उनका अनुसार ती माग पूरा गर्नका लागि भोलिदेखि एक हप्तासम्म प्लेकार्ड र ब्यानरसहित संवैधानिक परिषद्का प्रमुख र सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराइनेछ ।





  • प्रकाशित मिति : वैशाख १६, २०८० शनिबार २२:४३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया