logo-img

सिन्धुलीमा कार दुर्घटना : दुईको मृत्यु, एकजना गम्भीर घाइते

सिन्धुलीमा कार दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।  

काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ८ च ९१३५ नम्बरको कार आज बिहान विपी राजमार्ग अन्तगर्त पिपलभञ्जा‌गमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा काभ्रे पनौतिका शिवशरण होछिमर र काठमाडौं गौरिघाटका सहारा प्रसाईं रहेका छन् । गम्भीर घाइतेलाई काठमाडौं पठाउने तयारी रहेको डिएसपी सिलवालले जानकारी दिए ।  





  • प्रकाशित मिति : वैशाख १७, २०८० आइतबार ८:५९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया