logo-img

लुम्बिनीका मुख्यमन्त्री चौधरीले वैशाख १९ गते विश्वासको मत लिने

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले वैशाख १९ गते विश्वासको मत लिने भएका छन् ।
प्रदेश सभामुख तुलाराम घर्तीको निर्देशनमा प्रदेश सभा सचिवालयले मंगलबार बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गरेको छ ।

प्रदेश सभा सचिवालयमा आइतबार बिहान मात्रै विश्वासको प्रस्ताव दर्ता भएकाले मंगलबार बैठक आह्वान गरिएको प्रदेश सचिवालयले जनाएकाे छ । 

८७ सदस्यीय लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक प्रदेशसभा सदस्‍य गरी ५३ प्रदेशसभा सदस्‍यको समर्थन छ ।

कांग्रेसका चौधरी ५३ जना प्रदेशसभा सदस्यको समर्थनमा बिहीबार मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाइ विनाविभागीय मन्त्रीमा नियुक्त गरेका छन् । 





  • प्रकाशित मिति : वैशाख १७, २०८० आइतबार १८:३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया