थप ६० जनामा कोरोना संक्रमण

देशमा पछिल्लो २४ घण्टामा ६० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७२ जनाको पिसिआर परीक्षण गर्दा २२ जनामा र १२०१ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै देशमा सक्रिय संक्रमितको संख्या ३२८ पुगेको छ । यीमध्ये आइसियूमा नाैजनाको र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

यो अवधिमा ५५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । 





  • प्रकाशित मिति : वैशाख १७, २०८० आइतबार १८:१६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया