logo-img

के एमाले छाडेर रास्वपामा प्रवेश गर्न लागेकी हुन् उपमेयर डंगोल ?

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ । 

उनी केही दिनभित्र सो पार्टी प्रवेश गर्ने तयारीमा रहेको स्रोतको दाबी छ । पार्टी प्रवेशका लागि दुवै पक्षबीच कुराकानी भइरहेको बताइएको छ । 

स्वतन्त्र रुपमा काठमाडौंको उपमेयर उठ्ने तयारीमा रहेकी डंगोललाई एमालेले टिकट दिएको थियो । उनी जसपा उम्मेदवारलाई भारी मतान्तरले हराउँदै उपमेयरमा निर्वाचित भएकी थिइन् । 

पार्टी छाडेपछि उपमेयर पद जाने भएकाले डंगोलले निर्णय लिन अलमल गरेको स्रोतको दाबी छ ।





  • प्रकाशित मिति : वैशाख १७, २०८० आइतबार २१:१५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया