logo-img

डाटा हराएपछि लोक सेवाले फेरि माग्यो आवेदन, शुल्क तिर्न नपर्ने

उम्मेदवारको डाटा हराएपछि लोक सेवा आयोगले फेरि दरखास्त माग गरेको छ । आयोगले गत मंसिर, पुस र माघमा प्रकाशित विज्ञापनमा दरखास्त दिइसकेका उम्मेदवारबाट फेरि पुनः दरखास्त माग गरेको हो ।  

लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार सम्बन्धित उम्मेदवारले १८ जेठभित्र पुनः दरखास्त पेस गरिसक्नुपर्ने र पुनः दरखास्त दिँदा शुल्क तिर्नुपर्ने छैन । 

लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी) बाट मेटिएका डाटाहरू रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त माग गरेको हो ।

डाटा रिकभरीको प्रयास भइरहेको तर यो प्रक्रिया कहिलेसम्म पूरा हुने र के कति डाटा रिकभरी हुने एकिन गर्न नसकिने भएकाले २०८० को जेठदेखि सञ्चालन हुने गरी तोकिएका परीक्षा प्रभावित भएको आयोगले जनाएको छ ।  





  • प्रकाशित मिति : वैशाख २०, २०८० बुधबार ९:१७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया