पहाडी क्षेत्रमा कृषि आयोजनाले बसाइँसराइ रोक्नेछ : मुख्यमन्त्री कार्की
फाइल तस्बिर

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी क्षेत्रमा आकर्षक कृषि परियोजनाले बसाइँसराइ रोक्ने बताएका छन् ।  पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना केन्द्रीय आयोजना व्यवस्थापन इकाई काठमाडौद्वारा आज आयोजित पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजना प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीको उद्घाटन गर्दै उनले यस प्रकारको आयोजनाले किसानको जीवनस्तर वृद्धि हुनुका साथै पहाडी क्षेत्र हराभरा बनाउन सफल हुने बताए । 

मुख्यमन्त्री कार्कीले यो परियोजनालाई व्यवहारिक रुपमा लागू गर्ने मुख्य जिम्मेवारी स्थायी सरकारको रुपमा रहेको कर्मचारीको हो भन्दै किसानलाई यसकार्यमा सहजताका साथ सहयोग पुर्याउन प्राविधिक तथा प्रशासनका कर्मचारीलाई आग्रह गरे । उनले मुलुकको पहाडी क्षेत्रमा विविधता भएको जलवायुका कारण फलफूल उत्पादन वृद्धि गर्न सरकारी निकाय, प्राविधिकले मेहनत अनुसार कार्य गरेमा सफल हुने बताए । 

मुख्यमन्त्री कार्कीले  रोग नलाग्ने विरुवाको प्रयोग गर्न जोड दिँदै कृषिका अवकाश प्राप्त कर्मचारीलाई प्रयोग गरी उनीहरुको ज्ञान र सीपको प्रयोग गरी उत्पादन वृद्धिमा लाग्नु पर्ने बताए । उनले पहाडी क्षेत्रमा निजी क्षेत्र एवं किसानको समूह बनाइ वर्सेनि उत्पादन हुने हरियो तरकारी र अन्य सामग्री उत्पादन गरेमा उचित मूल्य प्राप्त गर्नुका साथै समग्र त्यस क्षेत्रको विकास हुने बताए ।

उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले हावापानी अनुसार पहाडी क्षेत्रमा फलफूलको उत्पादन गर्न आयोजनाले जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै स्वदेशी जनशक्ति विदेश पलायन हुने कार्य रोकथाम गर्न आयोजना सक्षम हुने बताए । मन्त्रालयका सचिव मेघनाथ तिम्सिना, नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउत, परियोजना निर्देशक  राजेन्द्र कोइराला र प्रकाशकुमार डाँगीले परियोजनाले किसानलाई उत्साह जगाउनुका साथै स्थानीय तहको सहयोगमा किसानको आम्दानी वृद्धि गर्नुका साथैका पर्यावारणमा सुधार गरी समग्र क्षेत्रको विकास कार्यलाई अघि बढाउने बताए ।  





  • प्रकाशित मिति : वैशाख २०, २०८० बुधबार १२:३८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया