logo-img

घरमा ट्रक पल्टिदा तीन जनाको मृत्यु, पाँच जना घाइते

तनहुँमा एक माल वाहक ट्रक घरमा पल्टिएको छ ।  ट्रक अनियन्त्रित भएर घरमा पल्टिदा तीन जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् ।

आज बुधबार बिहान बन्दिपुर गाउँपालिका-५ आधिखोलास्थित पृथ्विराजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिङतर्फ जाँदै गरेको ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको घरमा पल्टिएको हो ।

ट्रक स्थानीय सुनमाया र सनबहादुर भुजेलको घरमा ठोक्किएको बताइएको छ । उक्त दुर्घटनामा उपचारको लागि चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा ३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा तनहुँ बन्दिपुर गाउँपालिका वडा नं. १ का वर्ष १२ को आयुस भुजेल,  वर्ष ५० को चेतबहादुर घर्ती र अन्दाजी ६९ वर्षका सनबहादुर भुजेल रहेका छन् ।  





  • प्रकाशित मिति : वैशाख २०, २०८० बुधबार १४:५३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया