प्रधानन्यायाधीशको नियुक्ति गर्न माग गर्दै नेपाल बारको आन्दोलन जारी

अविलम्ब प्रधानन्यायाधीशको नियुक्ति गर्न माग गर्दै नेपाल बार एशोसिएशनले आन्दोलन जारी राखेको छ । बुधबार पनि नेपाल बार परिसरमा कानून व्यवसायीहरूले आन्दोलन जारी राखेका हुन् ।

 उनीहरुले तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न माग गरेका छन् । आन्दोलनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिका प्रमुख अविलम्ब पाउनुपर्ने बताए । उनले अटोमेटिक ढंगबाट पेसी व्यवस्थापन प्रणाली हुनुपर्ने पनि बताए । उनले नेपालका विभिन्न निकायहरू आफ्नो भुमिकाबाट टाढिँदै गएको बताए ।

उनले भने, ‘नेपालको न्यायपालिकाले प्रमुख पाउन नसकेको विषय प्रमुख रुपमा रह्यो । अटोमेटिक ढंगबाट पेसी व्यवस्थापन सिस्टम अगाडि बढ्न सकेन । बेथितिको कुरा एकातर्फ मात्रै छैन । बेथितिको कुरा जताततै छ । संसद बेखबर छ । सरकार बेखबर छ । कयौँ विषयहरूमा न्यायपालिका पनि बेखबर छ । यो सबै विषयमा हामीले उठाउनुपर्ने आवश्यकता छ । यो उठाउने ठाउँ भनेको एउटा प्रमुख स्टेक होल्डर भएको नाताले हामी कानून व्यवसायी नै हो । हामीले उठाइराखेका छौँ । यो हाम्रो धर्म हो । नेपाली जनता एकातर्फ न्याय नपाएर रुँदै हिँड्नुपर्ने अवस्थाको विद्यमानता छ भने अर्कोतर्फ नेपालका जुन निकायहरू छन्, जुन जिम्मेवार निकायहरू छन् । ति जिम्मेवार निकायहरू आफ्नो भुमिकाबाट च्युत भएको अवस्था छ । आफ्नो भुमिकाबाट पर सरेको अवस्था हामी देख्दैछौँ ।’

नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ चण्डेश्वर श्रेष्ठले नेपाल बारको आन्दोलन व्यक्तिको लागि नभइ संस्थाको लागि र अदालतमा भइरहेको गलत कामहरुको लागि भएको बताए । उनले उच्च र जिल्ला अदालतहरूमा बाँकी न्यायाधीश तत्काल पूर्ति गर्नुपर्ने माग गरे । 

कानून व्यवसायीहरूले संवैधानिक दायित्व पूरा गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्ब गर, सर्वोच्च अदालत र सबै अदालतहरूमा रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए । 





  • प्रकाशित मिति : वैशाख २०, २०८० बुधबार १५:१४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया