logo-img

प्रदेशमन्त्री देउवासँग अमेरिकी राजदूतको भेटवार्ता

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्सनले आज धनगढीमा भेटवार्ता गरेका छन् । सो अवसरमा अमेरिकी सहयोग नियोग (युएसएआइडी)को सहयोगमा सञ्चालित आयोजनाको विषयमा छलफल भएको मन्त्रालयका सचिव प्रेमदत्त भट्टले जानकारी दिए । 
  
अमेरिकी राजदूत नेतृत्वको टोलीले स्वास्थ्य र कृषि क्षेत्रको सहयोगका साथै विपद् व्यवस्थापनका विषयमा छलफल गरेको थियो । रोजगारीका लागि विदेशिएका नागरिकलाई स्वदेशमै सीप सिकाएर उद्यमशीलतातर्फ लगाउने, कृषकलाई निजी क्षेत्रसँग जोड्ने र मानव बेचबिखन रोकथाम विषयमा समेत दूतावासको टोलीले चासो राखेको थियो । 

छलफलका क्रममा मन्त्री देउवाले कृषि, स्वास्थ्य शिक्षा, धार्मिक पर्यटन प्रवद्र्धनका साथै पूर्वाधार निर्माण सरकारको प्राथमिकता रहेको बताएका थिए । युएसएआइडीको सहयोगमा सञ्चालित आयोजनाको स्थलगत निरीक्षण अनुगमन गर्न अमेरिकन राजदूत सुदूरपश्चिम आइपुगेका हुन् । 

युएसएआइडीको सहयोगमा सुदूरपश्चिम प्रदेशमा कृषि, स्वास्थ्यलगायतका क्षेत्रमा विभिन्न योजना सञ्चालनमा छन् ।





  • प्रकाशित मिति : वैशाख २०, २०८० बुधबार २१:१३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया