पोलका अव्यवस्थित तार आफैं हटाउने तयारीमा काठमाडौं महानगर

काडमाडौं महानगरपालिकाले शहरका पोलमा रहेका अव्यवस्थित तार हटाउने भएको छ । तारलाई व्यवस्थित बनाउन र एकीकृत विकासका लागि सम्बन्धित कानुन बनाउन आग्रह गरे पनि त्यसबारे सुनुवाइ नभएकाले महानगर आफैं क्रियाशील हुने भएको हो ।  

‘समस्यालाई यथावत् राखेर हामीले व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न सक्दैनौँ । आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाडौं महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर छ,’ बालेनले सामाजिक सञ्जालमा भनेका छन्, ‘शहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाको लागि हामी क्रियाशील छौँ । यसमा कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुग्न सक्छ । तर, तपाईँहरूले साथ दिनुहुनेछ भन्ने अपेक्षा राख्दछौँ ।’

मेयर शाहले तारका कारण शहर अव्यवस्थित हुनुका साथै आगलागीको जोखिम पनि बढाएको उल्लेख गरेका छन् ।  

‘शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौं मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरूपमा तिनले शहरलाई अव्यवस्थित बनाएका छन् भने आगलागीको जोखिम पनि बढाएका छन्,’ उनले भनेका छन् ।

मेयर शाहका अनुसार गत वर्ष मात्र अव्यवस्थित तारका कारण ५३ ठाउँमा आगलागी भएको छ ।   
 





  • प्रकाशित मिति : वैशाख २२, २०८० शुक्रबार १२:१५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया