logo-img

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। खानलाई अल–कादिर ट्रस्ट प्रकरणमा पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

उनलाई इस्लामावादस्थित हाई कोर्ट बाहिरबाट प्रहरीले पक्राउ गरेको हो। उनीमाथि पक्राउ परेपछि इस्लामावादमा धारा १४४ लगाइएको र त्यसको उल्लंघन गरे कारबाही हुने प्रहरीले चेतावनी दिएको छ।

खानको पार्टी पिटिआईका नेता फवाद चौधरीले ट्विटरमा भनेका छन्, ‘पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालत परिसरबाट पक्राउ गरिएको छ। वकिल र सर्वसाधारणलाई टर्चर दिइएको छ। इमरान खानलाई अज्ञात व्यक्तिले अज्ञात स्थानतर्फ लगेका छन्। इस्लामावाद हाई कोर्टका मुख्य न्यायाधीशले गृह सचिव र आइजीलाई १५ मिनेटभित्र अदालतमा पेस गर्न भनेका छन् ।’





  • प्रकाशित मिति : वैशाख २६, २०८० मंगलबार १६:५९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया