logo-img

‘ए’ डिभिजन लिग
मछिन्द्रलाई हराउँदै शीर्षमा पुग्ने दाउमा चर्च ब्वाइज, अर्को खेलमा आर्मी र एपिएफ भिड्ने

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । आज मछिन्द्र फुटबल क्लबले चर्च ब्वाइज युनाइटेड तथा एपिएफले त्रिभुवन आर्मी क्लबको सामना गर्न लागेका हुन् ।   

एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे हुने खेलमा चर्च ब्वाइज गत संस्करण विजेता मछिन्द्रलाई हराउँदै लिग तालिकाको शीर्ष स्थानमा पुग्ने दाउमा छ । ऊ अहिले २७ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । 

मछिन्द्र पनि उपाधि होडमा कायमै रहन चाहन्छ । चौथो स्थानमा रहेको उसको अहिले २४ अंक छ । आजै हुने अर्को खेलमा दशरथ रंगशालामा विभागीय टोली एपिएफ र आर्मी भिड्नेछन् । 

आर्मी आज एपिएफविरुद्ध उत्कृष्ट जित निकाल्दै अंक तालिकामा सुधार गर्न चाहन्छ । ऊ अहिले २१ अंकका साथ तालिकाको छैटौँ स्थानमा छ । 

११ औँ स्थानमा रहेको एपिएफ आर्मीलाई स्तब्ध पार्ने लक्ष्यमा छ । उसले १५ खेलबाट १९ अंक जोडेको छ ।  
 





  • प्रकाशित मिति : वैशाख २७, २०८० बुधबार १०:३६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया