logo-img

धादिङमा खुकुरी प्रहार गरी युवकको हत्या, स्थानीयले जलाए गाडी

धादिङको गल्छी गाउँपालिका–८ मा एक युवकको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । होटलमा सामान्य विवाद हुँदा स्थानीय निरज पण्डितले खुकुरी प्रहार गरी विनोद थापा मगर गम्भीर घाइते भएका थिए ।  

उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा थापाको बाटोमै मृत्यु भएको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पण्डितसहित ६ जनालाई पक्राउ गरेको छ ।  

स्थानीयले घटनाको विरोधमा गल्छी–मैलुङ सडक बन्द गराएका छन् । बन्दकर्ताले एउटा गाडीमा आगजनीसमेत गरेका छन् । बन्द सडक खुलाउन प्रयास भइरहेको छ ।  





  • प्रकाशित मिति : वैशाख २८, २०८० बिहीबार १०:३६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया