थप ३० जनामा कोरोना पुष्टि

पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएको छ। विश्व स्वास्थ्य संगठनले कोभिड १९ विश्व महामारीबाट अन्त्य भएको घोषणा गरिसकेको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १६ सय ३० जनाको कोरोना परीक्षण गर्दा ३० जनामा कोरोना पुष्टि भएको छ। 

बुधबार १६, मंगलबार ५१, सोमबार ५७, आइतबार ३२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरेको छ। नेपालमा संक्रिय संक्रमितको संख्या १२० रहेको छ जसमध्ये १४ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन्। 

संस्थागत आइसोलेसनमा भएका मध्ये पाँचजना आइसियू र एकजना भेन्टिलेटरमा उपचारत छन्। 





  • प्रकाशित मिति : वैशाख २८, २०८० बिहीबार १९:४०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया