logo-img

इमरान खानलाई रिहा गर्न आदेश

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न आदेश दिएको छ। खानलाई गैरकानुनी रुपमा पक्राउ गरेको भन्दै अदालतले यस्तो आदेश दिएको हो ।

पाकिस्तानका प्रमुख न्यायाधीश उमर अता बन्दियालले खानमाथि थुनुवा वा कैदीको व्यवहार गर्न नपाउने आदेश जारी गरेका हुन् । खानको सुरक्षामा ध्यान दिँदै प्रहरीले उनलाई आफ्नो गेष्ट हाउसमा राख्न सक्ने अदालतको आदेशमा उल्लेख छ । 

पाकिस्तान तहरिक ए इन्साफका अध्यक्षसमेत रहेका खानलाई पक्रेको विरोधमा उनका समर्थकले देशभर प्रदर्शन गरिरहेका छन्। प्रदर्शन हिंसात्मक बन्दा १० जनाको मृत्यु भइसकेको छ। 

भ्रष्टाचारसँग सम्बन्धित एक मुद्दाका लागि भन्दै उनलाई नेशनल एकाउन्टिबिलिटी ब्युरोले इस्लामावाद उच्च अदालत परिसरबाट पक्राउ गरेको थियो। अदालतले रिहा गर्न आदेश दिएलगत्तै इमरानले आफ्ना समर्थकलाई शान्ति कायम गर्न निर्देशन दिएका छन् । 
 





  • प्रकाशित मिति : वैशाख २८, २०८० बिहीबार २१:९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया