रोल्पाका ३ हजारभन्दा बढी घरमा हटाइयो खरको छाना
फाइल तस्बिर

रोल्पाका ३ हजारभन्दा बढी घरमा खरको छाना हटाएर जस्तापाता लगाइएको छ । जिल्लाका ३ हजार १ सय ६९ घरधुरीमा जस्तापाता राखिएको हो । यसका लागि संघीय र स्थानीय सरकारले १५ करोड ६७ लाख १३ हजार खर्च गरिसकेका छन् ।

खरको छानो हटाएसँगै वर्षाको समयमा पानी चुहिने र सुक्खा मौसममा आगलागी हुने समस्याबाट मुक्त भएका छन् । रोल्पा नगरपालिकामा १ हजार २३८ वटा घरमा फुसको छाना भएकामा हालसम्म ६७८ घरको छाना फेरिएको छ ।  

नागरिक सुरक्षित आवास कार्यक्रमबाट २३२ र फुसको छाना विस्थापित कार्यक्रमबाट ४४६ घरको छाना फेरिएको हो । ५६० घरमा फुसको छाना फेर्न बाँकी रहेको रोल्पा नगरपालिकाका योजना अधिकृत सुशील थापाले बताए । यो कार्यक्रमका लागि संघीय सरकार र नगरपालिकाको ३ करोड १२ लाख खर्च भइसकेको छ । 

संघीय सरकारको नागरिक सुरक्षित आवास कार्यक्रम र स्थानीय सरकारको फुसको छानो विस्थापन कार्यक्रम सुरु भएपछि जिल्लाका विपन्न समुदायका धेरैलाई राहत पुगेको छ । रून्टीगढी गाउँपालिकाले फुसको छाना हटाइएको छ । यहाँका फुसको छाना भएका १ हजार ६३१ घरमध्ये हालसम्म १ हजार १२ घरधुरीको छाना फेरिएको गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिए । सो गाउँपालिकामा यस शीर्षकमा संघीय सरकार र स्थानीय तहको पाँच करोड छ लाखभन्दा बढी बजेट खर्च भएको छ ।  

त्रिवेणी गाउँपालिकामा टिनको छाना लगाउन छनोट भएका ५१४ मध्ये ३८८ घरको छाना फेरिएको गाउँपालिकाले जानकारी दिएको छ । रासस 





  • प्रकाशित मिति : वैशाख ३१, २०८० आइतबार ११:२७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया