logo-img

जलवायु परिवर्तनलाई बेवास्ता गरे सकारात्मक विकास असम्भव : उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले जलवायु परिवर्तनलाई बेवास्ता गरिए विकासका लागि भएका प्रयासको सकारात्मक नतिजा नआउने बताएकी छन् ।   

जनप्रतिनिधि, कर्मचारी, नगरवासीसहित जलवायु परिवर्तनका क्षेत्रमा अध्ययन गर्ने अनुसन्धानकर्ता र साझेदारकाबीच आजबाट सुरु गरिएको दुई दिने सचेतना तथा अभिमुखीकरण कार्यक्रममा उपप्रमुख डङ्गोलले सो धारणा राखेकी हुन् ।   

‘बाढीपहिरो, खडेरी, अतिवृष्टि, अनावृष्टि, अति जाडो र गर्मी प्राकृतिकरूपमा बढिरहेका जोखिमले आर्थिक, सामाजिक, जैविक विविधता, पर्यटनलगायत क्षेत्रमा असर गरेको छ । यसबाट परेका असर तथा जोखिम कम गराउन, बदलिँदो मौसम अनुकूलन अघि बढ्न आवश्यक छ,’ उपप्रमुख डङ्गोलले भनिन् ।

कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले अनुकूलन र न्यूनीकरणका लागि काम गर्नु अहिले सबैको मुख्य जिम्मेवारी भएको बताए । काठमाडौं उपत्यकाको जनजीवन सामान्य बनाउन धेरै पक्षका बीचमा सन्तुलन कायम गराउनुपर्ने भन्दै कामपाका प्रवक्ता नवीन मानन्धरले सन्तुलन बिगार्नेमध्ये सबैभन्दा महत्वपूर्ण पक्ष जलवायु परिवर्तन रहेको र  यसका असर कम गराउनु अहिलेको प्रमुख दायित्व रहेको बताए । 

दुई दिने कार्यक्रममा कामपाका ३२ मध्ये हरेक वडाबाट दुई वडा सदस्यसहित अन्य जनप्रतिनिधि, कर्मचारी र साझेदार संस्थाका प्रतिनिधि सहभागी रहेका छन् ।  





  • प्रकाशित मिति : जेठ १, २०८० साेमबार १३:२४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया