मनसुनजन्य विपद् उद्धारको तयारीमा रहन महानिरीक्षकको निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य विपद् उद्धारका लागि तयारी हालतमा रहन निर्देशन दिएका छन् । 

मनसुनका बारेमा पूर्वजानकार रहन र हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्नको लागि तत्काल तयारी गर्न जरुरी रहेको बताउँदै उनले जति धेरै पूर्वतयारी गर्न सक्यो त्यति नै मनसुनजन्य प्रकोपबाट मानवीय तथा भौतिक क्षति कम गर्न र पीडितको उद्धार गर्न सकिने बताए । 

मुलुकमा आइपर्ने विषम परिस्थितिमा जुनसुकै समयमा जस्तोसुकै अवस्था र जहाँ पनि परिचालित हुन पूर्वतयारीका साथसाथै शारीरिक र मानसिक रुपमा तयार रहन महानिरीक्षक अर्यालले निर्देशन दिए । 

यसअघि उनले सोमबार सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा निरीक्षण भ्रमण गरेका थिए । सो क्रममा पनि उनले विपद् व्यवस्थापनको आवश्यक तयारीमा बस्न निर्देशन दिएका थिए । 

विपद् उद्धारको लागि दक्ष जनशक्ति उत्पादन र आउनसक्ने प्राकृतिक जोखिमलाई उत्तिनै ध्यान दिएर भूगोल र प्रकोपअनुसार कुनै पनि समयमा जस्तो सुकै परिस्थितिमा परिचालन हुनसक्ने ढंगले लाग्नसमेत शिक्षालयलाई उनले निर्देशन दिए । 





  • प्रकाशित मिति : जेठ २, २०८० मंगलबार २१:५६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया