मन्त्री अधिकारी स्वयंले भनेका थिए– मौसम खराब छ, हामी फर्किनु पर्ने छ [भिडियाे]

काठमाडौं– बुधबार भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, नागरिक उड्ड्यन तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित हेलिकोप्टरमा सवार सात जनाको मृत्यु भयो । ताप्लेजुङको पाथीभरा मन्दीर दर्शन गरेर फर्किँदा हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

गृहमन्त्रालयले बुधबार साँझ विज्ञप्ति निकाल्दै खराब मौसमका कारण विमान दुर्घटनामा परेको बताए । हेलिकोप्टर उडान भरेको एक मिनेटमा नै दुर्घटनामा परेको नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ । पाइलटले उडान भर्न अप्ठ्यारो रहेको जानकारी दिएका थिए । तर, यो जानकारी दिएको केही समयमा नै उडान भरिएको थियो । मन्त्री अधिकारी विहान ११ः४५ मा पाथीभरा पुगेका थिए ।

त्यसअघि उनी आठराई गाउँपालिकाको कार्यक्रममा सहभागि भएका थिए । त्यहाँबाट उनी चुहानडाँडामा विमानस्थल निरीक्षण गर्न पुगेका थिए । 

चुहानडाँडामा विमानस्थल निरीक्षण गरेपछि मन्त्री अधिकारीले भाषण गरेका थिए । त्यसमा उनले भनेका छन्, ‘यहाँको अवस्था हामीले बुझ्न आएका हौँ । मेरो साथमा यहाँको इस्टिमेट, डिजाइन सबै छ । पहिले २९ करोड भने पनि अहिले ८७ करोड खर्च हुने कुरा छ ।’

उनले अहिलेको सरकारलाई केपी शर्मा ओलीले नेतृत्व गरिरहेको र मन्त्रीमण्डलमा आफूहरुले ताप्लेजुङलाई विकास गर्न छलफल गरिरहेको बताएका थिए । उनले भनेका थिए, ‘प्रधानमन्त्रीज्युले हामीलाई यसको सन्दर्भमा डिटेल्स अध्ययन गर्नुस् । हामीले आज अध्ययन पूरा गरेर पर्यटनमन्त्री हेरेर आउनुहोस् भन्नुभएको थियो ।’ उनले त्यो ठाउँ विमानस्थल बनाउन उपयुक्त भएको र त्यसमा विमानस्थल बनाएर अगाडि बढाउन आफूहरु त्यहाँ पुगेको बताएका थिए । उनले प्रधानमन्त्रीकै आग्रहमा आफू नै नागरिक उड्ड्यन मन्त्री भएकाले त्यहाँ निरीक्षण गर्न पुगेको पनि बताएका थिए ।

त्यही भाषणको सन्दर्भमा उनले भनेका थिए, ‘दोस्रो कुरा, पानी परेको छ, मौसम खराब भएको छ, हामी फर्किनु पर्ने छ ।’ त्यसपछि उनले केन्द्रीय, प्रदेश र स्थानीय सरकारले प्रभावकारी ढंगले काम गर्न अझ बाँकी रहेको बताए । उनले अफवाह र हल्लाका पछाडि नलाग्न पनि भाषणमा अनुरोध गरेका थिए ।



 

याे युट्युब लिंक हामीले बाह्य स्राेतबाट लिएका हाैँ :



 

  • प्रकाशित मिति : फागुन १५, २०७५ बुधबार १९:५०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया