logo-img

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पक्राउ गरेकाे छ । 

रिजाललाई बिहीबार झापाबाट काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

रिजालले पुनर्बासमा छुटेका छ हजारभन्दा बढी भुटानी शरणार्थीको समस्या समाधानका लागि माग गरेका थिए । साेही आधारमा गृह मन्त्रालयले भुटानी शरणार्थी समस्या समाधानका लागि ३० जेठ २०७६ मा बालकृष्ण पन्थीकाे नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीले रिजाललाई सात लाख रुपैयाँ दिएको दाबी गरेका थिए । साेही आधारमा प्रहरीले अनुसन्धानका लागि रिजाललाई पक्राउ गरेको हाे । 

यता, रिजालले भने आफूले अर्कै कामका लागि पैसा लिएको र फिर्ता पनि गरिसकेको दाबी गरेका छन् । 





  • प्रकाशित मिति : जेठ ४, २०८० बिहीबार १८:५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया