आफ्ना ‘यार’को निधनपछि योगेशका ३ स्टेटस : पीडा, निःशब्दता, आशंका

काठमाडौं– ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी नेकपा नेता तथा मन्त्री रवीन्द्र अधिकारीको निधन भएको खबरपछि उनका मित्र नेकपा नेता योगेश भट्टराईले फेसबुकमा स्टेटस लेखे, ‘प्रिय साथी, म निःशब्द छु । म स्वीकार गर्दिन ! तिम्रै आवाजले एकपटक बताइदेऊ न यार ।’

आफ्ना ‘यार’को अल्पायुमै भएकोे निधनले योगेश कति मर्माहत छन्, उनको स्टेटसले नै देखाउँछ । 

केही क्षणपछि योगेशले अर्को स्टेटस लेखे, ‘पत्रकार मित्रहरु, तपाईंहरुको फोनको घन्टी बजिरहेको छ । माफ गर्नुहोला, आज म कुनै पनि टिप्पणी गर्न सक्दिनँ ।’

योगेशको स्तब्धता देखाउँछ, यो स्टेटसले । 



केही क्षणपछि योगेशले आफ्ना मित्र चढेको हेलिकोप्टरको उडान व्यवस्थापनमाथि नै गम्भीर प्रश्न तेर्स्याए । 

‘भिआइपी उडानमा पाइलटसहित ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ बजारमै झारेर मात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले,’ तेस्रो स्टेटसमा उनले प्रश्न गरे, ‘तर आज मौसम खराब हुँदाहुँदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’



योगेशको प्रश्नमा साथी गुमाउनुको पीडा मात्रै छैन, गम्भीर आशंका पनि छ, उडान व्यवस्थापनमाथि । विकट हिमाली क्षेत्र, त्यसमाथि खराब मौसमका बाबजुद भिआइपी उडानमा ७ जना किन बोकियो ? प्रश्न स्वाभाविक छ ।


  • प्रकाशित मिति : फागुन १५, २०७५ बुधबार २१:२७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया