logo-img

शरणार्थी नेता रिजाललाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

जिल्ला अदालत, काठमाडौंले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । बिहीबार पक्राउ परेका रिजाललाई आज र भोलि हिरासतमा राख्न प्रहरीले अनुमति पाएको हो । 

उनलाई बिहीबारदेखि लागू हुने गरी दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले जानकारी दिए । 

रिजाल झापाबाट पक्राउ परेका हुन् । उनलाई काठमाडौं ल्याएर प्रहरीले बिहीबार दिउँसो जिल्ला अदालत, काठमाडौं उपस्थित गराएको थियो । हालसम्म सो प्रकरणमा रिजालसहित १६ जना पक्राउ परेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । 

६० दिनभित्र प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलमार्फत अदालतमा मुद्दा पेस गरिसक्नुपर्ने कानुनी प्रावधान छ । 





  • प्रकाशित मिति : जेठ ४, २०८० बिहीबार २०:५९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया