जो बुधबारको हेलिकोप्टर दुर्घटनामा संयोगले बाँचे

काठमाडौं– बुधबार ताप्लेजुङको पाथीभराबाट उडान भरेको हेलिकोप्टर एक मिनेट पछि नै पहाडमा ठोक्किएर क्र्यास हुँदा संस्कृति, नागरिक उड्ड्यन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरेको निधन भयो ।

यो टोली तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यताबारे अध्ययन गर्न त्यहाँ पुगेको थियो । त्यहाँ रवीन्द्र अधिकारीले दिएको भाषणअनुसार अधिकारी प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँगको सल्लाहमा नै त्यहाँ पुगेका थिए । 

यही टोलीमा जान ठिक्क परेका थिए, तेह्रथुमका नेता विजय सुब्बा । 

तर, अधिकारीले नै उनलाई सरी भन्दै खबर गरेका थिए । हेलिकोप्टरमा ठाउँ नपुग्ने भएकाले विजय सुब्बा त्यहाँ गएनन् । तर, बुधबार मन्त्री अधिकारीको निधन भएको खबर थाहा पाएपछि सुब्बा बढो मर्माहत भएका छन् । 

अधिकारी सवार विमान दुर्घटनामा परेको समाचार उनले संसदमा सुनेका थिए । त्यहाँबाट आत्तिँदै निस्किएका सुब्बाले आफू कोठासम्म पुग्दा लामो यात्रामा निस्केको जस्तो भान भएको प्रतिक्रिया दिएका छन् । उनी अधिकारीको निधनले स्तब्ध छन्, केही सोच्न नसक्ने भएको उनले बुधबार साँझ अबेर फेसबुकमा स्टाटस लेखेका छन् । उनले लेखेका छन्ः

 





  • प्रकाशित मिति : फागुन १५, २०७५ बुधबार २२:४६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया