सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्याइने छ : मन्त्री यादव
फाइल तस्बिर

खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्‍याउन सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

शनिबार सर्लाहीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।  

नेपाल समाजवादी पार्टीका (नेसपा) का अध्यक्षसमेत रहेका यादवले संविधान, लोकतन्त्र, पहिचान र अधिकारको रक्षा, समानुपातिक, समावेशी प्रतिनिधित्वका लागि आफ्नो पार्टीले आवाज उठाउँदै आएको बताए ।

उनले सरकार संविधानमा रहेका त्रुटी सच्याउन सकारात्मक रहेको पनि बताए । ‘वर्तमान सत्तारुढ गठबन्धनको सरकारले संविधानमा रहेका त्रुटी सच्याउने छ,’ मन्त्री यादवले भने । 





  • प्रकाशित मिति : जेठ ७, २०८० आइतबार ९:९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया