logo-img

प्रचण्ड सरकारले ५ महिनामा पायो पूर्णता, आज दुई मन्त्रीको शपथ

नवनियुक्त एक मन्त्री र एक राज्य मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा) का वीरेन्द्रप्रसाद महतोले वन तथा वातावरण मन्त्री तथा प्रमिला कुमारीले शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्रीको शपथ लिन लागेका हुन् । 

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महतोलाई वन तथा वातावरण मन्त्रालयको मन्त्रीमा र प्रमिला कुमारीलाई विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  

उनीहरूको शपथ ग्रहण बिहान १० बजे शीतल निवासमा गराइने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (९०) बमोजिम प्रधानमन्त्रीद्वारा गरिएको सिफारिसको आधारमा मंगलबार राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

११ औँ पटकको विस्तारसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । योसँगै दाहाल नेतृत्वको सरकारमा २२ मन्त्री र ३ राज्यमन्त्री भएका छन् । दाहाल गत १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।  





  • प्रकाशित मिति : जेठ १०, २०८० बुधबार ७:२७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया