logo-img

दर्शकलाई फिल्म 'हुक्का'को ‘वाच एण्ड विन’ अफर

यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ले दर्शकका लागि ‘वाच एण्ड विन’ अफर ल्याएको छ । पोखरास्थित अन्नपूर्ण केबलकार र उडी एडभेन्चरसँगकाे सहकार्यमा यो अफर ल्याइएकाे हाे । 

अफरअनुसार दर्शकले फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को प्रत्येक टिकट किन्दा अन्नपूर्ण केबल कार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यो सुविधा नेपाल भरका दर्शकमा लागू हुनेछ । यसमा खल्तीको डिजिटल टिकेटिङ सहकार्य छ ।

त्यस्तै, फिल्म हेर्न आउने दुईजनाले सेल्फीसँग फोटो हालेर '#nepalimoviehookah12'  लेखेर फोटो अपलोड गर्ने ६ जनाले उडी एडभेन्चर साइक्लिङ, स्विङ र जिपलाइन, अन्नपूर्ण केबलकारको निःशुल्क टिकट र पोखराको सेदीस्थित कल्चर रिसोर्टमा २ दिनको लजिङ र फुडिङको सुविधा पाउनेछन् । 

यसका लागि दर्शकले फिल्मको काटेको टिकट सुरक्षित राख्नुपर्नेछ । यो सुविधा असोज २८ गतेसम्म रहेको छ । 

शम्भु थापाको निर्देशन रहेको फिल्ममा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अंशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, अलिशा भोगको अभिनय छ ।

सन्तोषकुमार आत्रेयको कथा रहेको फिल्ममा सन्तोष र भगवान पौडेलको पटकथा छ । रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् । 



फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।
 



  • प्रकाशित मिति : जेठ १०, २०८० बुधबार १८:१८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया