गणतन्त्रको विकल्प गणतन्त्र नै हो : मुख्यमन्त्री यादव
फाइल तस्बिर

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुलुकमा गणतन्त्र आएको डेढ दशकमा थुप्रै चुनौती बढे पनि गणतन्त्रको विकल्प गणतन्त्र नै हुने बताएका छन् । 

१६ औँ  गणतन्त्र दिवसका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले देश परम्परा शासन व्यवस्थाभन्दा धेरै अगाडि बढिसकेकाले लोकहित र जनताका अपेक्षाका कसीमा खरो उत्रन आफूहरू कटिबद्ध रहेको उल्लेख गरेका छन् ।

‘गणतन्त्रको अर्थ हो जनताका छोराछोरी आफ्नो शासन आफैँ गर्न सक्षम छन् । देशहितको अर्थ लोकहित हो । यसमा शङ्का छैन’, शुभकामना सन्देशमा भनिएको छ, ‘जतिसुकै ठूलो पदमा पुगे पनि नेतृत्व कर्ता दायित्व हीन हुन सक्दैनन् । नेताले गल्ती गरे जनदण्ड भोग्नुपर्ने हुन्छ ।’

‘हामी अगाडि बढिसकेका छौँ, अब जनताका अपेक्षाका कसीमा खरो उत्रन जरुरी छ । त्यसमा कटिवद्ध छौँ’, भन्दै मुख्यमन्त्री यादवले गणतन्त्र दिवसका अवसरमा मधेस प्रदेश र समस्त देशवासीमा शुभकामना व्यक्त गरेका छन् । 





  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार १२:२३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया