logo-img

रेशम चौधरीको मुद्दा आनन्दमोहन भट्टराईको इजलासमा

टीकापुर हत्याकाण्डमा दोषी ठहर पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदैछ ।

चौधरीमाथि परेको मुद्दा न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा परेको छ । उनको मुद्दा अन्तिममा रहेकोले सुनुवाइ आज हुनसक्ने सम्भावना कम रहेको छ ।  

शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकिएको हो । शारदा सो घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती हुन् । 

हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत २ जेठमा मात्र सदर गरेको थियो । तर, गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि उनी यही १५ जेठमा डिल्लीबजार कारागारबाट रिहा भएका थिए । 

आममाफी नदिएको भए चौधरी २०९४ सालसम्म जेलमा नै बस्नुपर्ने थियो । अदालतको फैसलाअनुसार थप १४ वर्ष जेल बस्नु पर्नु भए पनि आममाफी पछि सो कैद मिनाहा भएर उनी निस्कन सफल भएका हुन् ।  

नयाँ संविधान जारी हुनअघि थरूहट प्रदेशको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रूप लिँदा टीकापुरमा ७ भदौ २०७२ मा एक नाबालक र सात सुरक्षाकर्मीसहित आठजनाको हत्या भएको थियो ।   





  • प्रकाशित मिति : जेठ १७, २०८० बुधबार ११:१३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया