logo-img

नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा संसद् चल्न नदिने एमाले र राप्रपाको तयारी
फाइल तस्बिर

प्रतिनिधि सभाको आजबाट बस्ने बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल हुने तय भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेठ १५ गते सदनमा पेस गरेको वार्षिक आय व्ययमाथि छलफल गर्ने कार्यसूची छ । 

तर, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भने संसद बैठक स्थगित गरियोस् भनेर स्थगन प्रस्ताव पेस गरेको छ ।  नागरिकता विधेयक प्रमाणीकरण र भारत भ्रमणका क्रममा मुलुकको हित विपरीत कार्य गरेको भन्दै त्यसको विरोध गर्दै छलफल गर्नुपर्ने राप्रपाको माग छ ।

‘सम्माननीय राष्ट्रपति जू,ले नीति र नियम विपरीत नागरिकता विधेयक प्रमाणीकरण र सम्माननीय प्रधानमन्त्री ज्यू,ले भारत भ्रमणका क्रममा मुलुकको हित विपरीत कार्य गरेको भन्ने कुरा उठेको हुँदा सम्बन्धित विषयको छलफल नगरी संसद नियमित रूपमा अगाडि नबढ्ने हुँदा निर्धारित सबै कार्यक्रम स्थगित गरियोस्,’ प्रस्तावक ज्ञानबहादुर शाहीले प्रस्तावमा भनेका छन् । 

त्यस्तै, प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि निष्क्रिय भइसकेको नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै त्यो निर्णय नसच्चाएसम्म संसद् चल्न नदिने रणनीति बनाएको छ । 





  • प्रकाशित मिति : जेठ २१, २०८० आइतबार ११:२५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया