logo-img

प्रधानमन्त्रीलक्षित योगेशको टिप्पणी : संसदको विशेष अधिकार हनन् गर्नेमाथि कारबाही हुनुपर्छ
फाइल तस्बिर

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरणमा आफूूसँग नभएको अधिकार प्रयोग गरेको आरोप लगाएका छन् । सोमबारको संसद् बैठकमा उनले प्रधानमन्त्री दाहाललाई आफूसँग नभएको अधिकार कसले दियो भन्दै प्रश्न पनि गरे ।   

‘प्रधानमन्त्रीलाई आफूसँग नभएको अधिकार कसले दियो ?  संसदको विशेष अधिकार हनन् गर्नेमाथि कारबाही हुनुपर्छ,’ भट्टराईले भने, ‘नेपाली जनतालाई दिउँसै ढाँट्ने ? राष्ट्रपति संसदभन्दा माथि हुँदै ।’  

उनले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत नेपालको भूमि अरूलाई दिने हक प्रधानमन्त्रीलाई नभएको पनि बताए । 

‘नेपाली भूमि अरूलाई दिने हक प्रधानमन्त्रीलाई दिइएको छैन । के आधारमा बंगलादेशको कुरा गर्नुभयो ? सट्टापट्टा गर्ने सर्तमा राष्ट्रियता बन्धक राख्न सक्दैनौँ । लम्पसारवाद आउँछ भने जुनसुकै लम्पसारविरुद्ध एमाले उभिन्छ,’ भट्टराईले भने । 
 





  • प्रकाशित मिति : जेठ २२, २०८० साेमबार १२:४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया