logo-img

सभामुखले संसदलाई रिपोटर्स क्लब जसरी उत्ताउलो र भद्दा तरिकाले चलाए : देवेन्द्र पौडेल

नेकपा(माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले सभामुखले प्रतिनिधि सभा बैठकलाई संसदीय प्रक्रियाभन्दा बाहिर गएर चलाएको आरोप लगाएका छन् । सांसद पौडेलले प्रधानमन्त्रीको सम्बोधनपछि प्रमुख प्रतिपक्ष दलका नेतालाई सम्बोधन गर्न दिनु संसदीय प्रक्रिया र स्थापित मूल्य, मान्यता बाहिर भएको बताए । 

प्रधानमन्त्रीको कुरालाई खण्डन गर्न सभामुखले तत्कालै प्रतिपक्ष दलका नेतालाई समय दिनु संसदीय प्रणाली र प्रक्रिया विपरित भएको बताउँदै उनले सभामुख प्रक्रियाभन्दा बाहिर जानु शोभनीय नभएको बताए । सभामुखले संसदलाई रिपोटर्स क्लब जसरी उत्ताउलो र भद्दा तरिकाले संसद चलाएको उनको टिप्पणी छ ।

सांसद पौडेलले प्रधानमन्त्रीको भारत भ्रमणलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत निकै महत्वका साथ हेरको दाबी गरे । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपलब्धिको रुपमा मुर्रा राँगो मात्रै ल्याएको टिप्पणी गर्नु कूटनीतिक मर्यादा विपरीत भएको उनको भनाइ छ । 

सांसद पौडेलले जे कुरामा पनि विरोध गरेमा सत्तापक्षलाई नभइ प्रतिपक्षलाई नै घाटा हुने दाबी गरे । 





  • प्रकाशित मिति : जेठ २२, २०८० साेमबार २२:४०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया