logo-img

नेपालमा सहकारी बैंक खोल्ने अनुमति दिन सांसद निधिकाे माग

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले नेपालमा सहकारी बैंक खोल्ने अनुमति दिन माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद निधिले सहकारी ऐनमा बैंक खोल्न दिने व्यवस्था उल्लेख भए पनि राष्ट्र बैंकले स्वीकृति नदिएको भन्दै बैंक खोल्ने स्वीकृति दिन माग गरेका हुन् । 

सहकारी बैंक खोल्न न्यूनतम ५०० जना सेयर होल्डर हुनुपर्ने प्रावधानअनुरुप सहकारी विभागमा बैंक खोल्न आवेदन परेको भए पनि राष्ट्र बैंकले पूर्वस्वीकृति नदिँदा काम रोकिएको उनले बताए । हाल एउटा मात्रै सहकारी बैंक रहको अवस्थामा त्यसको एकाधिकारलाई अन्त्य गरी प्रतिष्पर्धी बनाउन आवश्यक रहेको उनकाे भनाइ छ ।

सहकारीहरुको राम्रो व्यवस्थापन गर्नसके अर्थतन्त्रको तरलताको समस्या र रोजगारीको समस्या हल गर्न सकिने उनले बताए । 

सांसद निधिले मधेश प्रदेशमा सिँचाइको व्यवस्था गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना गर्नुपर्ने तथा संविधान र संघीयताको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । राष्ट्रपतिले संविधानसम्मत रुपले नागरिकता विधेयक प्रमाणीकरण गरेकाे उनकाे दाबी छ । 





  • प्रकाशित मिति : जेठ २३, २०८० मंगलबार १८:३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया