logo-img

सुनकोशीमा गाडी खसेर बेपत्ता भएकामध्ये दुईजनाको शव फेला

जेठ १९ गते सुनकोशी नदीमा गाडी खसेर बेपत्ता भएकामध्ये दुईजनाको शव भेटिएको छ । 

काठमाडौंबाट खोटाङतर्फ गइरहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का तीन कर्मचारी चढेको गाडी सिन्धुलीको गोलोन्जोरस्थित  सुनकोशी नदीमा खसेको थियो । 

बेपत्ता हुनेमा सिटिइभिटीका निर्देशकद्वय कृष्ण केसी र यमप्रसाद भुर्तेल तथा प्राविधिक अधिकृत भानु पौडेल थिए । नदीमा खसेको गाडी भेटिएपछि तीनजनामध्ये दुईजनाको शव पनि फेला परेको हो । 

शव भेटिए पनि उनीहरुको सनाखत हुन बाँकी रहेको सिन्धुली प्रहरी प्रमुख राजकुमार सिलवालले बताएका छन् । 

सशस्त्र प्रहरी बल (एपिएफ)को गोताखोर टोलीले पाँच दिनको लगातार खोजीपछि दुईजनाको शव फेलापारेको हो । गाडीमा सवार चारजनामध्ये चालक भने पौडेर बाहिर निस्किएका थिए ।





  • प्रकाशित मिति : जेठ २३, २०८० मंगलबार २०:७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया