बेन्जेमाले अब साउदी प्रो लिग खेल्ने, अल इतिहादमा भए अनुबन्धित

फ्रान्सका स्टार फरवार्ड करिम बेन्जेमा साउदी च्याम्पियन अल इतिहादमा अनुबन्धित भएका छन् । उनले इतिहादसँग ३ वर्षको सम्झौता गरेका हुन् ।​

साउदी क्लबमा अनुबन्धितपछि बेन्जेमाले भनेका छन्, ‘यो लिगमा पनि राम्रो खेलाडीहरू छन्, क्रिस्टियानो रोनाल्डो पहिले नै त्यहाँ छन् । म युरोपमा जस्तै जित्नको लागि यहाँ आएको हुँ ।’

बेन्जेमा मंगलबार मात्र रियल मड्रिडबाट बिदा भएका थिए । उनले मड्रिडमा १४ वर्ष बताए ।  

करिब डेढ दशकमा उनले रियलमा ५ च्याम्पियन्स लिग र चार ला लिगासहित २५ ट्रफी जिते । रियलका लागि बेन्जेमाले ३ सय ५४ गोल गरे ।   
 
  
 





  • प्रकाशित मिति : जेठ २४, २०८० बुधबार ८:५९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया