logo-img

कला, संस्कृति रहेमात्र हाम्रो पहिचान रहन्छ : उपमेयर डंगोल
फाइल फाेटाे

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सबैले आफ्नो ठाउँबाट एकजुट भइ देश निर्माणका लागि लाग्नुपर्ने बताएकी छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 

उनले एकतावद्ध भएर बाजा बजाए झैँ सबै मिलेर समाजसेवा, देश सेवा गर्ने कुरामा अघि बढ्न जरुरी रहेको बताइन् । उनले कलाकृति, संस्कृति बाँचेमात्र देशको पहिचान जीवित रहने भन्दै देशको पहिचान जीवित बनाउने कुरामा लाग्न आग्रह गरिन् । उनले पहिचान जीवित बनाउनको लागि सबै पुस्ता मिलेर काम गर्नुपर्ने बताइन् ।

उनले, ‘आज विभिन्न बाजा, आफ्नै आफ्नै विशेषता भएको बाजा जसरी एकैसाथ एकै थलोमुनि बसेर बाजा बजाइरहेका छौँ । यो एकता बाजा बजाउनेमा मात्रै होइन, यो एकता समाजसेवा गर्ने, देश सेवा गर्नेमा सदैव अघि बढ्न सकोस् । सय थरी बाजा एकै ताल भने झैँ हामी सबै आफ्नो ठाएँबाट एकजुट भएर लागौँ । हाम्रो कलाकृति, संस्कृति बाँचेमात्र हाम्रो भाषा, लिपी, हाम्रो बाजागाजा जबसम्म जीवित हुन्छ तबसम्म हाम्रो पहिचान जीवित हुन्छ, पहिचान जीवित बनाउनको लागि सबै पुस्ता लाग्नुपर्छ ।’

उपमेयर डंगोलले काठमाडौं महानगरपालिकालाई सांस्कृतिक नगरी बनाउने सपनाअनुसार महानगरभित्र रहेका कला, संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने बताइन् ।
 





  • प्रकाशित मिति : जेठ २७, २०८० शनिबार १८:४२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया