logo-img

डा. शाह मृत्यु प्रकरण : डा. प्रेमी पुर्पक्षका लागि कारागार चलान, अर्का युवक धरौटीमा छुटे

गत जेठ ४ गते  धनगढीमा चिकित्सक मृत भेटिएको घटनामा उनका प्रेमी भनिएका अर्का डाक्टरलाई कारागार चलान गरिएको  छ । आफ्नै घरको कोठामा मृत भेटिएकी धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया चिकित्सक प्रसन्ना शाहको आत्महत्या दुरुत्साहन मुद्दामा डा. सन्दीप भट्टराईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले सोमबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि भट्टराईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जानकारी दिए । सोही मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका धनगढीकै विकल केसी भने ५० हजार धरौटी बुझाएर तारेखमा छुटेका छन् ।

मृतक शाहको परिवारले प्रहरी कार्यालयमा पेस गरेको किटानी जाहेरीका आधारमा प्रहरीले माया मेट्रो अस्पतालमै कार्यरत डा. सन्दीप भट्टराई र धनगढीका विकल केसीलाई गत जेठ ६ गते पक्राउ गरेको थियो ।

कारागार चलान भएका भट्टराई र मृतक शाह प्रेम सम्बन्धमा रहेको पाइएको प्रहरीले जनाएको छ । डा.भट्टराईले विवाहको प्रस्ताव अस्वीकार गर्दा शाहले झुन्डिएर आत्महत्या गरेको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।





  • प्रकाशित मिति : जेठ ३१, २०८० बुधबार २०:५३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया