बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

बागमती प्रदेश सभाको बैठक आज बस्दैछ ।   

दिउँसो २ बजे बस्ने बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले आर्थिक वर्ष २०८०/८१ का लागि राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गर्नेछन् । 

बैठकमा सो सर्वेक्षणमाथि प्रदेशसभा सदस्यले छलफलमा सहभागी भइ आ–आफ्नो धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

भोलि (असार १) मा बस्ने प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री लामाले आव २०८०/८१ का लागि बजेट प्रस्तुत गर्नेछन् ।  





  • प्रकाशित मिति : जेठ ३२, २०८० बिहीबार ९:२९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया