logo-img

शङ्काको सुविधा दिएर मधेसमा एमालेको विश्वासको मत
फाइल तस्बिर

नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईले मधेसका मुख्यमन्त्रीलाई शङ्काको सुविधा दिएर विश्वासको मत दिएको बताएका छन् । एमालेले मधेस प्रदेशको इन्चार्जको जिम्मेवारी दिएपछि पहिलो पटक जनकपुरधाम पुगेका एमाले सचिव भट्टराईले शङ्काको सुविधाकै आधारमा एमालेले मधेस सरकारलाई विश्वासको मत दिएको बताए । 

मधेस सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा मानवीय सूचकाङ्कमा सबैभन्दा पछाडि परेको प्रदेश रहेकाले विकासको खाँचो रहेको बताए । उनले प्रदेशको विकासका लागि कोही पनि विरोधी बन्नु नहुने बताए । उनले एमालेबाट प्रदेश विकासमा कुनै विरोध नहुने बताए ।

उनले भने, ‘मधेस प्रदेश आर्थिक, सामाजिक रूपमा पछाडि परेको प्रदेश हो, यो प्रदेशको विकासमा हामी अवरोध बन्नु हुँदैन सोचेर नै मुख्यमन्त्रीजीलाई विश्वासको मत दिएका हौँ, यसमा हाम्रो कुनै राजनीतिक लेनदेन भएको होइन ।’ 

सचिव भट्टराईले नागरिकता समस्या समाधान गर्नका लागि फेरि नयाँ विधेयक नै ल्याउनुपर्ने स्पष्ट पारे । उनले जन्मसिद्धका नागरिकले वंशजको नागरिकता पाउनुपर्ने एमालेको स्पष्ट धारणा रहेको बताउँदै वर्तमान सरकारले प्रमाणीकरण गराएको विधेयकमा आफूहरूको केही विषयमा आपत्ति रहेको बताए । 

एमाले नागरिकता समस्या समाधान संविधानबाटै हुनुपर्छ त्यसका लागि लडेको दल भएको भन्दै त्यसमा अवरोध नहुने बताए । उनले भने, ‘नागरिकतामा प्रादेशिक पहिचान खुल्नु पर्छ, वैवाहिक अङ्गीकृत नागरिकता पाउनका लागि केही समयावधि तोक्नै पर्ने हाम्रो स्पष्ट माग छ ।’ 





  • प्रकाशित मिति : असार १, २०८० शुक्रबार १२:६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया