logo-img

एमालेको दोहोरो चरित्रका कारण लाखौँ युवा अनागरिक : निधि

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले नागरिकताका विषयमा एमाले अनुदार रहेका कारण मुलुकका लाखौँ युवाले नागरिकता पाउन नसकेको आरोप लगाएका छन् । एमालेको दोहोरो चरित्रका कारण लाखौँले अनागरिकको जीवन बिताउनुपरिरहेको उनको दाबी छ ।

कांग्रेस क्षेत्र नम्बर ३ (१)ले शनिबार जनकपुरको ऐतिहासिक नोचा पोखरीको डिलमा अयोजना गरेको नियमित बैठकलाई सम्बोधन गर्दै निधिले भने, ‘नागरिकता विधेयकमाथि संसद्‌मा बहस हुँदा विरोध गर्ने, सम्मानित राष्ट्रपतिजीले प्रमाणीकरण गर्दा विरोध गर्ने एमाले सुरुदेखि नै नागरिकताको विषयमा अनुदार रहँदै आएको छ ।’

दुवै सदनबाट दुई–दुई पटक पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नगरे। निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको गम्भीर उल्लंघन गरेको उनको जिकिर थियो । उनले भने, ‘दुवै सदनबाट पारित विधेयक प्रमाणीकरण गर्नैपर्ने बाध्यता छ तर एमालेका साथीहरु अचेल कुतर्कमा उत्रेका छन् ।’

वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रमाणीकरण संविधानसम्मत भएको दाबी गर्दै उनले नागरिकता विधेयक जिउँदै रहेको तर्क गरे । कानुनको अभावमा नागरिकताबाट वञ्चित बनाइएकाहरुलाई यथाशीघ्र न्याय दिनुपर्ने उनले बताए ।

नागरिकता समस्या समाधानमा ढिलो भएमा कांग्रेस आन्दोलनमा उत्रिने भन्दै उनले पार्टी कार्यकर्ताहरुलाई तयार रहन निर्देशन पनि दिएका थिए ।





  • प्रकाशित मिति : असार २, २०८० शनिबार २२:२९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया