logo-img

नेपाललाई राष्ट्रभन्दा चारजना मन्त्रीको देश भनेर घोषणा गरे हुन्छ : ठाकुर गैरे

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारले भौतिक पूर्वाधारको बजेट विकास गर्ने नियतले नल्याएको बताएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद गैरेले सरकारले मुलुकको भौतिक पूर्वाधार विकास गर्ने नियतले बजेट नल्याएको बताएका हुन् । 

सरकारले ७७ जिल्लामा समानुपातिक समावेशिताको आधारमा नभई शक्ति र पहँुचको आधारमा बजेट योजना छनोट गरी बजेट विनियोजन गरेको आरोप लगाए । मुलुकभर भौतिक पूर्वाधार मन्त्रालयको आँखामा जिल्लामा संघीय सडकको विकास आयोजना निर्माण गर्नुपर्ने परिस्थिति नदेखेको उनको भनाइ छ । 

सांसद गैरेले एउटा जिल्लामा एउटा संघीय सडक बन्न आवश्यक रहेको बताए । असन्तुलित बजेट विनियोजन गरेर सरकारले के गर्न खोजेको हो ? भन्दै उनले प्रश्न गर्नुभयो । असन्तुलित बजेट विनियोजनले देश विकास हुन नसक्ने दाबी गर्दै उनले मन्त्रालयले ७७ जिल्लामा १० वा १५ प्रतिशतको सन्तुलन कायम गर्न नसक्नु राम्रो नभएको बताए । 

अहिलेको बजेटले यो देश प्रकाश ज्वाला, प्रकाशशरण, शेरबहादुर र पुष्पकमल दाहालको देश भनेर नाम परिवर्तन गरिदिनु पर्ने खालको देखिएको बताए । नेपाल राष्ट्रभन्दा पनि चारजना मन्त्रीको देश भनेर सरकारले घोषणा गरे हुने उनले बताए । सरकारले बजेट निर्माण, बजेट छनोट गर्ने नियत देश विकास गर्ने खालको नदेखिएको उनको आरोप छ । 





  • प्रकाशित मिति : असार ४, २०८० साेमबार १६:३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया