सरकारमा भएको र संघर्षमा रहेको पार्टीबीच मोर्चा बन्नु इतिहासकै नयाँ प्रयोग : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो बताएका हुन् । 

मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताउँदै उनले सरकारमा भएको र संघर्षमा रहेको पार्टीको बीचमा मोर्चा बन्नु नेपालको इतिहासकै नयाँ प्रयोग भएको बताए । देशको राजनीति अत्यासलाग्दो परिस्थितिमा गुज्रिएको भन्दै उनले देशलाई त्यसबाट मुक्त पार्नका लागि समाजवादी मोर्चा बनेको दाबी गरे । 

नेपाल अग्रगमन र पश्चगमनबीचको लडाइँमा उभिएको भन्दै उनले प्रतिगामी र पश्चगामीहरुलाई मौकाको फाइदा उठाउन नदिनका लागि मोर्चा बनेको उल्लेख गरे । देशको नेतृत्व अग्रगामीहरुले गर्ने बताउँदै महासचिव विप्लवले देशको नेतृत्व समाजवादी मोर्चाले गर्ने बताए । 

महासचिव चन्दले देशमा नयाँ पुस्ताहरुलाई निराश बनाएर नेपालको अस्मिता लुट्ने कोसिस भएको बताए । युवा पुस्तालाई बेचैन बनाएर गलत बाटोमा भड्काउने, कुलतमा फसाउने पनि कोसिस भइरहेको भन्दै उनले सचेत गराए । नेपालीहरु स्वाधिन बन्न चाहने उल्लेख गर्दै कसैको गुलाम स्वीकार्य नहुने स्पष्ट पारे । 

आगामी दिनमा मोर्चाले देशलाई आशा जगाउने काम गर्ने बताउँदै उनले मोर्चाले सहिद तथा बेपत्ताको समाजवाद स्थापना गर्ने सपनालाई साकार पार्ने बताए । मोर्चाले देशमा भएका राजनीतिक परिवर्तनहरुको रक्षा गर्ने उनको भनाइ छ । 
 





  • प्रकाशित मिति : असार ४, २०८० साेमबार १७:४९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया