logo-img

मदन जयन्तीको अवसरमा सप्ताहव्यापी खेलकुद आयोजना गर्ने नेकोसको निर्णय

नेपाल खेलकुद महासंघ (नेकोस) ले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा देशभर साप्ताहिक खेलकुद आयोजना गर्ने निर्णय गरेको छ । महासंघको बैठकले मदन जयन्तीको अवसरमा देशभरी साप्ताहिक खेलकुद आयोजना गर्ने निर्णय गरेको अध्यक्ष परशुराम बस्नेतले जानकारी दिए । 

साप्ताहिक खेलकुद आयोजनाअन्तर्गत सबैखाले खेल आयोजना गरिने बस्नेतले बताए । उनका अनुसार अहिले प्रचलनमा रहेको सानादेखि राष्ट्रिय स्तरको सबै खेल गर्ने तयारी छ ।

आयोजनामा भलिबल, फुटबल, ब्याडमिन्टन, दौड, डोरी तानातान, वत्तृत्वकला, बास्केटबल, कबड्डीलगायतका सबैखाले खेलकुद आयोजना गर्ने निर्णय भएको उनले बताए ।

यसअन्तर्गत प्रतिनिधिसभा, राष्ट्रियसभा, संविधानसभा सदस्यहरू वर्तमान र पूर्वसदस्यहरूको बीचमा यो अवसरमा ब्याडमिन्टन खेल प्रतिस्पर्धा हुने बस्नेतले बताए । 

भण्डारीको जन्म १४ असार २००९ मा ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ ।

तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३ जेठ २०५० मा दासढुंगा भएको जिप दुर्घटनामा परी निधन भएको थियो । 



उनको दुर्घटनामा परी निधन भएको भन्दा पनि धेरैले हत्या भएको बताउँदै आइरहेका छन् । उक्त घटनालाई लिएर विभिन्न टिकाटिप्पणी भए पनि हालसम्म ठोस निष्कर्ष भने निस्कन सकेको छैन । 

यसको अलवा मदन जयन्तीको अवसरमा कोशी र बागमती प्रदेशमा बौद्धिक बहस र रचनात्कम क्रियाकलाप सञ्चालन गर्ने तयारी रहेको उनले बताए । यस कार्यक्रमअन्तर्गत खासगरी पार्टीको मार्गदर्शक सिद्धान्तको रूपमा रहेको जनताको बहुदलीय जनवादलाई नेता कार्यकर्ताको बीचमा बहस र प्रशिक्षण गर्ने तयारी रहेको उनले बताए ।



भण्डारीले २०४८ सालको महाधिवेशनमा पेस गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रूपमा लागू गर्दै आएको छ ।

असार १२ र १३ गते कोशी प्रदेश १४, १५ बागमती प्रदेशमा विभिन्न ८ वटा विषयमा मदनलाई स्मरण गर्ने र नेताकार्यकर्ताहरू प्रशिक्षण गर्ने बस्नेतले जानकारी दिए । भण्डारीको जन्मजयन्तीको अवसरमा भण्डारीका संकलित रचनाहरू, छानिएका रचनाहरू, सेलेक्टेड वर्क्स, तथा जीवनी र व्यक्तित्व जस्ता कृतिहरूको समेत चर्चा र वितरण गर्ने महासंघको तयारी छ ।  

साप्ताहिक कार्यक्रमअन्तर्गत सरसफाई, सामाजिक तथा स्वयंसेवी कार्यक्रमलगायत रचनात्मक कार्य गर्ने तयारी रहेको बस्नेतले बताए । यस अवसरमा भण्डारीलाई स्मरण गर्ने र विभिन्न कार्यक्रममा नेताकार्यकर्तालाई जोड्ने महासंघको तयारी छ ।   

  • प्रकाशित मिति : असार ५, २०८० मंगलबार ९:४३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया